सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी बुधबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाहले आगामी बुधबार विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनी गत साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
शाह नेकपा (एमाले) कोे समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।