सुडानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु



भारी वर्षाका कारण उत्तरी सुडानमा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । खार्तुमबाट करिब चार सय किलोमिटर उत्तरमा रहेको सुडानको नाइल राज्यको सानो सहर अबु हमादको एउटा अस्पतालमा कार्यरत एक कर्मचारीले भने, “घरहरू भत्किँदा नौ जनाको मृत्यु भएको छ । साथै, धेरै घाइतेहरू अस्पताल पुग्ने क्रम जारी छ ।

हरेक वर्ष अगस्ट महिनामा भारी वर्षाले नाइल नदीको बहावसँगै घरहरू भत्काउने, पूर्वाधारमा क्षति पु¥याउने र पानीजन्य रोगका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानिसहरूको ज्यान जाने गरेको छ । विस्थापित लाखौँ मानिसलाई बाढी क्षेत्रमा पुर्याएको एक वर्षभन्दा बढी लडाइँपछि यस वर्ष प्रभाव अझ खराब हुने आशङ्का गरिएको छ ।


अबु हमादका एक प्रत्यक्षदर्शीले टेलिफोनमा एएफपीलाई भने, “भारी वर्षाका कारण अधिकांश घर भत्किएका छन् र बजारका सबै पसलहरू क्षतिग्रस्त भएका छन् ।”

गत हप्ता, लाल सागरको तटमा रहेको पोर्ट सुडानमा अचानक आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो । युद्धका कारण पहिलादेखिनै अवरुद्ध मानवीय सहायता वर्षाको मौसमले केही क्षेत्रमा लगभग असम्भव हुने सहायता समूहहरूले बारम्बार चेतावनी दिएका छन् ।