रूसको भोल्गोग्राद क्षेत्रमा रहेको कारागार (आईके–१९) मा बन्दीले चार जना कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा चार जना कारागार कर्मचारीको मृत्यु भएको र अन्य चार जना घाइते भएको पुष्टि रूसी सङ्घीय कारागारद्वारा एक विज्ञप्तिमार्फत् गरिएको छ ।
उक्त घटनामा चार कैदीले आठ जना कर्मचारी र चार जना कैदीलाई बन्धक बनाएका थिए । कारागारले दिएको जानकारीमा भनिएको छ, “आक्रमणकारी कैदी समूहले चार कर्मचारीलाई छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।”
सङ्घीय कारागारका कर्मचारी र रूसी नेशनल गार्डले गरेको विशेष अभियानमा चारजना आक्रमणकारी मारिएको थियो । रूसी अनुसन्धान समितिले घटनालाई आपराधिक उद्देश्यले गरिएको आक्रमण भन्दै मुद्दा चलाएको छ ।