राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

अष्ट्रेलियाका विभिन्न सहरहरूमा हुने कार्यक्रमहरूमा सहभागी हुन उनी गएराति अष्ट्रेलियाको मेलवर्न प्रस्थान गरेका हुन् ।


अध्यक्ष लिङ्देनले अष्ट्रेलियाको मेलवर्नमा पार्टी सम्बद्ध प्रवासी नेपाली संगठन पानस अष्ट्रेलियाको भेलालाई सम्बोधन र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

भ्रमणका क्रममा उनले एडिलेडमा नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया तथा सिड्नीमा एनआरएनए, झापाली समाज अष्ट्रेलिया लगायत विभिन्न संघसंस्था र नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्नेछन् ।

अध्यक्ष लिङ्देन नेतृतवको भ्रमण टोलीमा पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी छन् ।

अष्ट्रेलिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देन भदौ १० गते स्वदेश फर्किनेछन् ।