मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई यसवर्षको मदन पुरस्कार



काठमाडौं । यसवर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई दिइने भएको छ । शुक्रबार मदन पुरस्कार गुठीको बैठकले २०८० को मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो ।


जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।