मुकेश अम्बानीको रिलायन्स र वाल्ट डिज्नको मर्जरलाई अनुमोदन



काठमाडौँ । भारतको प्रतिस्पर्धा नियामक, भारतीय प्रतिस्पर्धा आयोगले रिलायन्स इन्डस्ट्रिजको मिडिया सम्पत्ति र वाल्ट डिज्नी कम्पनीको मर्जरलाई अनुमोदन गरेको छ । यो मर्जरपछि रिलायन्सको मिडिया साम्राज्य ८.५ बिलियन डलरको भएको छ । 

यो सम्झौता छ महिना अघि घोषणा गरिएको थियो । तर यो एन्टी ट्रस्ट नियामकको छानबिनमा परेपछि अहिले आएर अनुमोदन भएको भारतीय मिडिया हरुले उल्लेख गरेका छन् ।  यो मर्जरपछि नयाँ उद्यममा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजको सबैभन्दा बढी हिस्सेदारी हुनेछ ।


मर्जरपछि बनेको उद्यमले सोनी, नेटफ्लिक्स र अमेजन जस्ता स्ट्रिमिङ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नेछ । यस उद्यमसँग महत्त्वपूर्ण क्रिकेट प्रतियोगिताहरू सहित भारतमा हुने अधिकांश खेलकुद घटनाहरू प्रसारण गर्ने अधिकार हुनेछ ।

रिलायन्सको मिडिया एसेट र डिज्नीको मर्जर आगामी ६ महिनामा सम्पन्न हुनेछ । मुकेश अम्बानीकी पत्नी नीता अम्बानी नयाँ उद्यमको अध्यक्ष हुनेछिन् ।