मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर : मन्त्री पाण्डे बढुवा, पौडेल पुगे १६ औंं नम्बरमा



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् ।

यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्‍याइएको छ । उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् ।


प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् । 

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

cabinet