भारतको वैदेशिक सञ्चिती हालसम्मकै उच्च



भारतको राष्ट्रिय ढुकुटीमा वैदेशिक सञ्चितीहालसम्मकै सबैभन्दा उच्च भएको तथ्यांकले देखाएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा वैदेशिकसञ्चिती ६ खर्ब ७४ अर्ब ९१ करोड अमेरिकी डलर पुगेको छ ।यसअघि भारतको सबैभन्दा उच्च वैदेशिक सञ्चिती ६ खर्ब ७०अर्ब ८५ करोड डलर रहेको थियो ।


यस सञ्चितीले ११ महिनाको आयात धान्न सक्ने भारतीयसमाचार संस्था एएनआईले जनाएको छ । एएनआईकाअनुसार यस वर्ष सन् २०२४ मा मात्रै भारतको वैदेशिक सञ्चिती४५–५० अर्ब डलरले वृद्धि भएको छ ।

आरबीआईका अनुसारकुल वैदेशिक सञ्चितीमध्ये विदेशी मुद्राको सञ्चिती ५ खर्ब९२ अर्ब डलर छ भने सुनको मौज्दात ६० अर्ब डलर रहेको छ ।