भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना



केदारनाथ (भारत) । मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको भारतीय सेनाको एमआई–१७ हेलिकप्टर शनिबार केदारनाथमा दुर्घटनाग्रस्त भएको छ ।

मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको थियो । हेलिकप्टरले केहि दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउन थालेको जिल्ला पर्यटन अधिकृत राहुल चौबेले बताए ।


‘हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेका छन् । टोलीले अवस्थाको निरीक्षण गरिरहेको छ’ चौबेले भने ।

हाल राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एसडीआरएफ)को टोली दुर्घटनास्थलमा पुगी राहत कार्य जारी राखेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ ।