बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल



नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताए । नेपाली कांग्रेस बाँकेले आज यहाँ पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए ।

मन्त्री पौडेलले भने,“स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ । आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ ।” 


उनले  सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताए ।