बङ्गलादेशमा आवामी लिगको नेताको होटलमा आगजनी, २४ जनाको मृत्यु



एजेन्सी । बङ्गलादेशमा अवामी लिगका एक जना जिल्ला नेता सञ्चालक रहेको होटलमा आगजनी हुँदा २४ जनाको मृत्यु भएको छ ।

बङ्गलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा अज्ञात व्यक्तिले आगजानी गरेका थिए ।


आगजनीमा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको समाचारमा भनिएको छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा उल्लेख गरिएको छ ।