बङ्गलादेशको उदाहरण दिँदै लिङ्देनले भने – संसद‍्मा गणितमात्र सत्य होइन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बङ्गलादेशको उदाहरण दिँदै संसद‍्मा  प्राप्त गणितमात्र सत्य नहुने बताएका छन् । बुधबार टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । 

‘झण्डै २ हजार पूर्वसेना–प्रहरीका मानिस राजनीतिक दलको घरदैलो गरिरहेका छन् । जसले पेन्सन पकाउन एक वर्ष बाँकी हुँदा जागिर छोड्न बाध्य पारियो’, उनले भने, ‘ त्यस्ता मानिसहरूका बारेमा टीआरसीमा ठोस उल्लेख गरेको पाइँदैन । यसमा सरकारले न्याय सम्पादनका क्रममा ध्यान पुर्‍याओस् ।’ उनले पीडितका पक्षमा आफूहरूले आवाज उठाइरहने पनि बताए ।