प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो साढे १ बजे आयोजना गर्ने पत्रकार सम्मेलनमा उनले बिहिबार संसदीय समितिलाई बुझाएको ५० हजार पेजको टीओडी विवरण र डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ । अहिले डेडिकेटेड र ट्रङ्क लाइन महसुलको विषयलाई लिएर चौतर्फी बहस भइरहेको छ।

लेखा समितिले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टिओडी) मिटरको सबै विवरण पेस गर्न प्राधिकरणलाई यसअघि नै निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा घिसिङले ‘टिओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका २९ पोका प्रमाण विवरण समितिलाई बुझाएका हुन् ।