प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गरिएको रिट न्यायाधीश फुयाँलको इजलासमा



काठमाडौं । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिट प्रारम्भिक सुुनुवाइका लागि पेशी तोकिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ञ् जना प्रहरी अधिकारीले दायर गरेको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको हो ।


उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण नेपाल प्रहरीका ९० जना अधिकारीहरु आगामी भदौ १५ गतेदेखि अवकाश जाँदैछन् । उमेर हद बाँकी रहेसम्म प्रहरी सेवामा रहन पाउनुपर्ने भन्दै उनीहरुले रिट दायर गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाएका छन् ।