प्रधानमन्त्री ओलीले मैदानमै गएर नेपाल र भारतबीचको काभा महिला भलिबलको फाइनल हेर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् ।

फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । उक्त खेल हेर्न तथा फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली सहभागी हुने उनको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।


नेपालले इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले भने सेमिफाइनलमा श्रीलंकामाथि ३–० को जित निकालेको थियो । नेपालले लिग चरणमा भारतमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । नेपाल घरेलु मैदानमा भारतलाई हराउँदै उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रिनेछ ।