प्रधानमन्त्रीद्वारा जननेता मदन भण्डारीको अर्धकदको प्रतिमा अनावरण



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको आज उनले अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहेको थियो । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका हुन् ।