प्रदेशमा लगानी सम्मेलन आयोजना हुन्छः मुख्यमन्त्री कार्की



मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यस वर्ष लगानी सम्मेलनको आयोजना गरिने बताएका छन्। वर्तमान सरकार स्थापना भएको एक सय दिनको पूर्वसन्ध्यामा उद्योगी, व्यापारीसँग आयोजित अन्तरक्रियामा उक्त जानकारी दिँदै उनले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीलाई यस क्षेत्रमा लगानीका लागि आकर्षित गरिने बताए।

मुख्यमन्त्री कार्की निजी क्षेत्रले सुनसरीको अमडुवामा (बर्जु गाउँपालिका) उद्योग स्थापनाका लागि तयार भए छ सय ५० विघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त्त गरे। उनले प्रदेश सरकारले निजी क्षेत्रको सहयोगमा पर्यटकीय स्थललाई दुई ठूला छिमेकी मुलुकमा प्रबर्द्धन गरी पर्यटक आगमन बढाउने पनि उल्लेख गरे।


प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशलाई आत्मनिर्भर बनाउन कृषिको व्यवसायिकरण, आधुनिकरण र लगानी वृद्धि गर्न आवश्यक रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले सरकारसँग समन्वय गरी जनताको समृद्धि कायम गर्न अगाडि बढ्ने बताए।