नेपाली सेनाले माग्यो अधिकृत क्याडेट तर्फ २८० जनाको आवेदन



काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार एक विज्ञापन जारी गर्दै रिक्त अधिकृत (सहायक सेनानी–उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

माग अनुसार सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट छुट्याइएको छ। खुलातर्फ १४७, महिला २४, आदिवासी(जनजाती ३८, मधेशी ३३, दलित १८ र पिछडिएको क्षेत्रका ६ जनाको माग भएको छ। इच्छुक उम्मेदवारले असोज ५ गतेसम्म दरखास्त दिन सक्ने भर्ना छनौट निर्देशनालय जंगी अड्डाले जनाएको छ।