नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आज (बिहीबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।