चीनद्वारा बेइजिङ, छिमेकी क्षेत्रहरूमा बाढीको लागि आपत्कालीन प्रतिक्रिया सुरु



राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले शुक्रबार बेइजिङ र छिमेकी तियान्जिन नगरपालिका तथा हेबेई प्रान्तमा बाढीका लागि स्तर–४ आपत्कालीन प्रतिक्रिया सक्रिय गरेको छ । शुक्रबारदेखि आइतबारसम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, बेइजिङ, तियान्जिन, हेबेई, अन्य उत्तरपूर्वी क्षेत्रहरू र सिचुआन बेसिनका केही भागमा भीषण वर्षा हुने अनुमान गरिएको छ ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयले भारी वर्षाले प्रभावित क्षेत्रहरूलाई यस महत्त्वपूर्ण समयमा बाढी नियन्त्रण कार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ । साथै मन्त्रालयले बासिन्दाहरूलाई विस्थापित गर्ने, पर्याप्त स्रोत र सामग्रीको व्यवस्था गर्ने र अस्थायी रूपमा बन्द गर्ने प्रयासहरू समावेश गरेको छ ।


राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले भित्री मङ्गोलिया, जिलिन, हेइलोङजियाङ र सिचुआनमा बाढीको लागि स्तर–४ आपत्कालीन प्रतिक्रिया कायम गरेको छ । राष्ट्रिय प्रकोप न्यूनीकरण आयोगले बाढी प्रभावित हुनान प्रान्तमा स्तर–२ को आपत्कालीन प्रतिक्रिया कायम गरेको छ ।

चीनमा बाढी नियन्त्रणका लागि चार–स्तरीय आपत्कालीन प्रतिक्रिया प्रणाली छ । यसमा स्तर–१ सबैभन्दा जरुरी प्रतिक्रिया हो ।