गैँडाको हाडखोर फेला पर्‍यो



चितवन । भरतपुर महानगरपालिका–१८ गाँजीपुरमा गैँडाको हाडखोर फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अन्दाजी तीन महिनाअघि मरेको गैँडाको हाडखोर भेटिएको हो । सोमबार दिउँसो गैँडा मृत भेटिएको हो ।

उनका अनुसार गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग, खुर सुरक्षित भेटिएको पुनले बताए । हाडखोर मात्रै भेटिएकाले लिङ्ग पहिचान हुन नसकेको उनले बताए । योसँगै निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षको साउनयता चार वटा गैँडा मृत भेटिएका छन् । मृत भेटिएकामध्ये एउटा गैँडा करेन्ट लागेर र दुई वटा बाघको आक्रमणबाट मरेका हुन् ।


‘बाघको आक्रमणबाट मरेका गैँडा एक र दुई महिनाका रहेका छन्,’ पुनले भने, ‘एउटा गैँडाको बच्चा (केटो)लाई उद्धार गरेर ल्याएपछि उपचारका क्रममा मरेको हो भने अर्को केटो जङ्गलमा नै मृतावस्थामा भेटिएको हो । करेन्ट लागेर मरेको गैँडा अन्दाजी १० वर्षको पोथी रहेको थियो ।’