गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट



काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गरेकी छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसंघको भूमिकाको प्रसंशा गरेका छन् ।

सो अवसरमा उनले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरे । 


सो अवसरमा संयोजक हाम्डीले संक्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसंघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उनले उल्लेख गरे ।