काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएको दुई सातापछि नेपाली कांग्रेस आज कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा कांग्रेस ४ मन्त्रीसहित आज सरकारमा जान लागेको हो ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहान ९ बजेपछि नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रम रहेको छ ।
यज्ञराज जोशीले पदभार ग्रहण गरेलगत्तै कांग्रैस सरकारमा सामेल हुने नेताहरुले बताएका छन् । कांग्रेसबाट राजीव विक्रम शाहको नेतृत्वमा घनश्याम भण्डारी, सुरेश अधिकारी र विजया बुढा मन्त्री बन्ने सम्भावना छ । यद्यपी यो सूची परिवर्तन हुने सम्भावना पनि रहेको नेताहरुले बताएका छन् ।