कमला नदीमा पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र



धनुषा । कमला नदीमा पुल निर्माणको माग गर्दै आन्दोलन घोषणा गरेको संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।

कमला पुल निर्माण संघर्ष समितिले सिरहा र धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आइतबार मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएको हो ।


संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालयअगाडि भदौ ५ देखि आमरण अनशन गर्ने चेतावनी दिएको छ ।

‘मधेस र मधेसी जनताको आवाज केन्द्रसम्म नपुग्ने गरेकाले संघीयता ल्याइएको र संघीयता आएको ९ वर्षपश्चात् पनि एउटा पुलका लागि केन्द्रसम्म जानुपरे प्रदेश रहनुको औचित्य के ?’ संघर्ष समितिले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।