कटान रोकथाम गर्न पर्खाल निर्माण



तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा कटान रोकथाम गर्न पर्खाल निर्माण गरिएको छ । निर्माणाधीन एक सय चालिस मेगाावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सेती नदीको बाढीले गर्ने कटान नियन्त्रण गर्न पर्खाल निर्माण गरेको हो ।

आयोजनाको झापुटारमा रहेको क्याम्प, पुल र नदी आसपासका बस्तीक्षेत्र जोगाउन आठ वर्षको अवधिमा करिब तीन किलोमिटर लामो पर्खाल निर्माण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाले २०७२ सालदेखि हालसम्म विभिन्न स्थानमा पर्खाल निर्माण गरेको हो ।


व्यास नगरपालिका–१३ को बेलबास, व्यास–५ को बेनीपाटन र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रमा पर्खाल निर्माण गर्न आयोजनाले झण्डै रु ६ करोड खर्च गरिसकेको छ । आयोजनाको प्याकेज–१ बाँधस्थलदेखि मादीसेती दोभानसम्म करिब दुई सय ५० मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ । भौगोलिक अवस्था हेरी चारदेखि ६ मिटर उचाइको पर्खाल निर्माण गरिएको छ ।

त्यसैगरी मादीसेती दोभानदेखि झापुटार हुँदै आयोजनाको प्याकेज–२ अन्र्तगत सिनोहाइड्रो क्याम्पसम्म नदी किनारमा पर्खाल निर्माण गरिएको छ । आयोजनाले सामाजिक उत्तरदायित्वअन्र्तगत नदीले कटान गर्नसक्ने सम्भावित स्थानमा प्राथामिकता दिएर पर्खाल निर्माण गरेको प्रमुख भण्डारीले बताए ।