कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । भने ४७।०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी र अनुत्तीर्ण) भएका छन् ।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थीहरु सहभागी थिए ।


त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।