एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाको खबरले मर्माहत छु : परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भएको खबरले आफू निकै मर्माहत भएको बताएकी छिन् । उनले दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमा मन्त्री राणाले लेखेकी छिन्–


आज एयर डाइनेष्टीको हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको खबरले निकै मर्माहित भएको छु। दुर्घटनामा परेर निधन भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

हवाई क्षेत्रको सुरक्षाका लागि सरकारले अवलम्वन गर्नुपर्ने सुरक्षा, व्यवस्थापन र नियमित परिक्षण तथा अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा पहल कदम गर्नेछु।