एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको बैठक होटल बसेरामा सुरु भएको हो ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ। बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुनेछ ।


यसअघि गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गर्दै फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।