एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त



काठमाडौं। सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो।

हालकी मुख्य सचिव लीलादेवी गडतौला भोलीदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्यालय नियुक्त गरेको हो। गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन्।


यस्तै दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ।

नवीकरण वापतको शुल्क एकै पटक नतिरेपछि लाइसेन्स नै रद्द हुने अवस्थामा पुगेपछि एनसेलले भदौ १५ गते २० वर्षे अवधि पूरा हुन लागेको हुनाले त्यसअघि २० अर्ब रकम सरकारलाई बुझाएर नवीकरण गर्नुपर्नेमा सो रकम एकै पटक बुझाउन नसक्ने भन्दै सरकारलाई किस्ता बन्दीमा तिर्ने प्रस्ताव पठाएको थियो।