काठमाडौं । उर्जामन्त्री दीपक खड्काले उर्जा क्षेत्रको समग्र विकासको बारेमा पुर्व उर्जामन्त्रीहरुसँग छलफल तथा अन्तरक्रियाको शुरुवात गरेका छन् । उनले आज पूर्व उर्जामन्त्रीहरुसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।
छलफलमा पूर्व उर्जामन्त्रीहरु जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, ज्ञानेन्द्र बहादुर कार्की, गोकर्ण बिष्ट, डा. प्रकाशशरण महत, महेन्द्र बहादुर शाही लगायत सहभागी रहेका छन् ।
छलफलमा शक्ति बस्नेतले जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् भने गोकर्ण विष्टले बुढी गण्डकीलाई छिटो अगाडी बढाउनुपर्ने बताएका छन् ।