उद्योग आदानप्रदानलाई प्रवर्द्धन गर्न चीनमा अन्तर्राष्ट्रिय वाइन एक्स्पो सुरु



चीनको उत्तरपश्चिम निङ्सिया हुई स्वायत्त क्षेत्रमा शुक्रबार मदिरा उद्योगभित्र आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । निङ्जिया हुई मुलुकको प्रमुख वाइन उत्पादन क्षेत्र हो । क्षेत्रीय सरकारले आयोजना गरेको चौथो चाइना (निङ्जिया) अन्तर्राष्ट्रिय वाइन कल्चर एन्ड टुरिजम एक्स्पोमा फ्रान्स, इटाली, स्पेन र चिलीलगायत आठ देश र क्षेत्रका एक सय ३८ वाइनरी र प्रदर्शकहरू सहभागी छन् ।

‘चाइनिज वाइन, ए मार्वल टु द वर्ल्ड–गुड वाइन ओरिजिनेट्स फ्रम युनिक टेरोइर’ भन्ने नाराका साथ तीन दिने एक्स्पोमा वाइन कार्निभल प्रतियोगिता र अन्य गतिविधिहरू समावेश छन् । “निङ्जियामा हेलन पर्वतको फेदमा पछिल्लो ४० वर्षमा विकास र आधुनिकीकरणको महत्त्वपूर्ण प्रक्रिया भएको छ”, अन्तर्राष्ट्रिय सङ्गठनका महानिर्देशक जोन बार्करले कार्यक्रमको उद्घाटन समारोहमा भने । उनले अन्तर्राष्ट्रिय वाइन प्रतियोगिता र प्रदर्शनीहरूमा निङ्जियाको प्रभावशाली प्रदर्शनलाई प्रकाश पार्दै विश्वस्तरीय वाइन क्षेत्रका रूपमा यसको उदीयमान प्रतिष्ठालाई जोड दिए ।


पर्याप्त घाम र चिसो, सुक्खा हावापानी भएको निङ्जियाको अद्वितीय टेरोइर उच्च गुणस्तरको मदिरा उत्पादनको लागि उपयुक्त छ । चीनको सबैभन्दा ठूलो वाइन उत्पादन गर्ने क्षेत्रका रूपमा निङ्जियामा अहिले छ लाख दुई हजार अङ्गूरको बगैँचा र दुई सय ६१ वाइनरी तथा अङ्गूर उत्पादन गर्ने उद्यमहरू छन् । यिनीहरूले सन् २०२३ मा १४ करोड बोतल वाइन उत्पादन गरेका थिए ।