इराकमा १५ आइएस लडाकूको मृत्यु



बग्दाद  ।  अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकू मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

‘सेन्टकम’का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकूको मृत्यु भएको थियो।


आइएस लडाकू ‘सयौँ हातहतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अन्य दुई घाइते भएको एक रक्षा अधिकारीले जानकारी दिएका छन् ।

इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो ।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ ले जिहादीहरूले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको बताएको छ।

मृत्यु हुनेमा वरिष्ठ नेतासमेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ ।

इराकमा इस्लामिक स्टेट समूहका ‘गतिविधि धेरै हदसम्म नियन्त्रण भएको’ भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ।