आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध



काठमाडौं । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएका हुन् ।

उनले आउँदो डिसेम्बर १ देखि आईसीसीको जिम्मेवारी लिनेछन् । आईसीसीको अध्यक्षका लागि जय शाहको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।


सन् २००९ मा गुजरात राज्यमा क्रिकेट प्रशासनको करियर शुरु गरेका शाह सन् २०१९ देखि बीसीसीआईका सचिव छन् । शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् एसीसीको अध्यक्ष पनि थिए । उनी आईसीसीको नेतृत्व गर्ने पाँचौँ भारतीय नागरिक हुन् । यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले आईसीसीको नेतृत्व गरिसकेका छन् ।