अमेरिकामा प्रत्येक वर्ष भवनमा ठोक्किएका कारण एक अर्बभन्दा बढी चरा मर्छन् : अध्ययन



अमेरिकामा भवनमा ठोक्किएर घाइते वा बेहोस भएका अधिकांश चराहरू निको नहुने गरेको नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनहरूमा ठोक्किएर मारिएका चराहरूको सङ्ख्या एक अर्बभन्दा बढी हुन सक्ने अनुमान गरेको छ । अमेरिकामा जङ्गली चराहरूको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु पनि एक चिन्ताजनक बिषय हो ।

अध्ययन भवनमा ठोक्किएर भएका दुर्घटनाबाट हुने चराको मृत्युदरको र घाइते भएका चराहरूको सङ्ख्यामा मात्र आधारित रहेको वाशिङ्गटन पोस्टले अध्ययन प्रतिवेदनलाई उद्धृत गरी उल्लेख गरेको छ । यो हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा अन्वेषकहरूले चराहरूलाई उनीहरूको दीर्घकालीन बाँच्ने दर मूल्याङ्कन गर्न वन्यजन्तु पुनर्वास केन्द्रहरूमा लगिएको थियो ।


यसले सन् २०१६ र सन् २०२१ को बीचमा उत्तरपूर्वी संयुक्त राज्य अमेरिकाका घटनाहरू अध्ययन गर्ने अन्वेषकहरूले १५२ प्रजातिका चरासहित तीन हजार १०० भन्दा बढी भवनमा ठोक्किएर भएका दुर्घटनाहरूको रेकर्ड जाँच गरेकोे गरेका र दुर्घटनापछि पुनर्वास केन्द्रहरूमा लगिएका लगभग ६० प्रतिशत चरा मरेका थिए । उक्त अध्ययनमा सबैभन्दा सामान्य रूपमा पाइने प्रजातिहरू जस्तैः ढुकुर, अमेरिकी धोबी चरा, उत्तरी कार्डिनल, कूपर्स हक्स र ग्रे क्याटबर्डहरू थिए ।

कीराहरूको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि लिएर बीउहरू फैलाउन मद्दत गर्ने इकोसिस्टमको महत्त्वपूर्ण संवाहक चरा हो भन्ने बढ्दो मान्यताको बीचमा, धेरै अमेरिकी शहर र राज्यहरूले नयाँ भवनहरूलाई थप पंक्षी मैत्री हुन आवश्यक पर्ने नियमहरू पारित गरेका छन् ।