स्रोत नखुलेको २४ लाखसहित पाँच भारतीय पक्राउ



नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय बीमल गुप्ता पक्राउ परेका छन् ।


उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताए ।