सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु



काठमाडौँ । काठमाडौँको खिचापोखरी न्यूरोड क्षेत्रको व्यवसाय प्रवर्द्धन गर्न सप्ताहव्यापी खिचापोखरी–न्यूरोड व्यापार मेला सुरु भएको छ ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको आयोजनामा सुरु भएको मेलामा उपभोक्तालाई सहुलियत मूल्यमा ‘रेडिमेड’ कपडा तथा जुत्ता बिक्री गरिने सङ्घका अध्यक्ष सागर शाक्यले जानकारी दिए ।


आजदेखि सुरु भएको मेला भदौ ११ गतेसम्म सञ्चालन हुनेछ । मेलामा सर्ट, पाइन्ट, टिसर्ट, रेडिमेड गार्मेन्ट र जुत्ताहरु ४० देखि ६० प्रतिशतसम्म छुटमा पाईने सङ्घका वरिष्ठ उपाध्यक्ष भरत बडालले बताए।

कुल छ सय व्यवसायी रहेको खिचापोखरी न्यूरोड क्षेत्रमा वर्षको दुईपटक यस्ता मेला आयोजना गरिने वरिष्ठ उपाध्यक्ष बडालले बताए ।