लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन् ।

८७ सदस्यीय प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका थिए । विपक्षमा भने ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए ।