युनुसलाई शुभकामना दिँदै मोदीले भने : अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित होस्



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई शुभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्स मार्फत युनुसलाई शुभकामना दिँदै हिन्दु र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।


शान्ति, सुरक्षा र विकासका लागि दुवै देशका जनताको साझा आकांक्षा पूरा गर्न बंगलादेशसँग काम गर्न प्रतिवद्ध रहेको समेत मोदीले उल्लेख गरेका छन् ।

मोदीले लेखेका छन्, ‘प्रोफेसर मुहम्मद युनुसलाई उहाँको नयाँ जिम्मेवारी सम्हाल्नु भएकोमा शुभकामना । हामी हिन्दू र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्दै सामान्य अवस्थामा चाँडो फर्किने आशा गर्दछौं। शान्ति, सुरक्षा र विकासका लागि हाम्रा दुवै जनताको साझा आकांक्षा पूरा गर्न भारत बंगलादेशसँग काम गर्न प्रतिबद्ध छ।’

गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।