मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएकाले समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल एवं निर्णय हुने बताइएको छ । बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको बिषयमा समेत छलफल हुँदैछ ।


एक महिना अघि मुख्य सचिव बनेकी लिलादेवि गड्तौला उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी छन् । उनको ३५ दिने पदावधि भदौ १५ गते समाप्त हुँदै छ।