मधेस प्रदेशका चार पालिकामा जीटूसीटू परियोजना सुरु



जनकपुर । मधेस प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिकासहित चार पालिकामा ‘ग्लोबल गर्ल्स क्रिएटिङ चेञ्ज’  (जीटूसीटू) परियोजना सुरु भएको छ ।

परियोजना सुरुआत गर्दै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेसको विकासमा यो परियोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।


प्रदेश सरकारले बालिका संरक्षण ऐन ल्याएर ‘केटी जिन्दावाद’ अभियान सुरु गर्न लागेको उनले जानकारी दिए । उनले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

“मधेस प्रदेश विकास सूचकाङ्कमा अन्य प्रदेशको तुलनामा कम छ”, उनले भने, “यस परियोजनाको सफल कार्यान्वयनको लागि सङ्गठनलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।” 

परियोजनाको उद्देश्य महिलाहरू र बालिकाहरूलाई लक्षित गरी समावेशी जलवायु क्रियाकलापका लागि युवा नेतृत्व तयार पार्नु रहेको छ । समान र समावेशी जलवायु नीतिहरू तथा क्रियाकलापहरूको नेतृत्व र आकार दिन आयोजनाले सहयोग गर्ने बताइएको छ ।