मकरीगाड खोलाले बगाएर एक बेपत्ता



दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिका–५ मकरीगाड खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

आज मकरिगाड खोलामा बगेर अपी हिमाल गाउँपालिका–३ रौँला बस्ने ४२ वर्षीय मोहनसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।


उनका अनुसार मकरीगाडदेखि खण्डेश्वरी जाने क्रममा मकरीगाड खोलामा बगेर धामी बगेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार वेपत्ता सिंहको खोजी भइरहेको छ ।