भक्तपुर । लगातारको वर्षापछि खसेको पहिरोले भक्तपुर–नगरकोट सडक अवरुद्ध भएको छ ।
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले आज दिउँसो चाँगुनारायण–६ मुहान पोखरी नजिक पहिरो जाँदा सडकमा अवरुद्ध भएको जानकारी दिए । उनले सुरक्षा निकायसँगको समन्वयमा सडक खुलाउने प्रयास गरिरहेको बताए ।
भक्तपुरबाट नगरकोट जाने वैकल्पिक सडकसमेत पहिरोको जोखिममा परेपछि नगरकोटबाट भक्तपुर आवतजावत रोकिएको छ । भोलिसम्ममा सडक सञ्चालन गर्नेगरी काम भइरहेको नगरप्रमुख खत्रीले जानकारी दिए ।
यसैगरि चाँगुनारायण मन्दिर जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको सडक भने आजै खुलाइएको छ ।