भक्तपुर क्यान्सर अस्पतालमा थपियो तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरण



काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा एकैचोटी तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरणहरू थपिएका छन् । अस्पतालमा काठमाडौ उपत्यकाका सरकारी अस्पतालमा भएका सिटी स्क्यान भन्दा बढी क्षमताको सिटी स्क्यान मेशिन थपिएको हो ।

यस्तै भारत सरकारबाट सहयोग स्वरूप प्राप्त रेडियो थेरापी मेशिनको पनि थपिएको छ । साथसाथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटबाट खरिद गरिएको मोडुलर ओटीको पनि उद्घाटन भएको छ ।


यी उपकरणहरू भए पश्चात् अप्रेसन गर्ने बिरामीहरूले पालो कुर्नुपर्ने समय घट्दै जाने विश्वास गरिएको छ।अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसेले उपकरण थप र सेवा विस्तारसँगै बिरामीले सहजता पाउने विश्वास दिलाए । अव अस्पतालमा क्यान्सर बिरामीहरूको निदान र उपचारमा ठुलो सहयोग पुग्ने विश्वास छ, अस्पतालमा आयोजित कार्यक्रममा डा चालिसेले भने, रेडियो थेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट छिटै सेवा सञ्चालन हुन्छ ।

स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको सहयोगमा करिब ५० करोड बराबरको यी तीन वटा उपकरणहरू थपिएका हुन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल र भारतीय राजदूत श्रीवास्तवले अस्पताललाई यी उपकरणहरू हस्तान्तरण गरेका छन् । भारतीय राजदूत श्रीवास्तवले मन्त्री पौडेलसमक्ष सिटी स्क्यान हस्तान्तरण भएको थियो । मन्त्री पौडेलले अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. प्रज्जवल चालिसेलाई ती उपकरणहरूको हस्तान्तरण गरेका थिए ।

कार्यकारी निर्देशक डा चालिसेले भारतीय राजदूतावास र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब १५ देखि १८ करोडसम्म पर्ने उपकरण प्राप्त भएपछि उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति जुटाएर निकट भविष्यमा सेवा विस्तार गर्ने तयारी स्वरूप उद्घाटन भएको कार्यक्रममा बताए ।

यसअघि वि।स। २०७५ वैशाख २८ र २९ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको राजकीय भ्रमणको अवसरमा नेपाललाई यी स्वास्थ्य उपकरणहरू अस्पताललाई उपलब्ध गराउने घोषणा गरेका थिए ।