बँदेल मार्न गएका प्रहरीका पूर्वडीआइजी, बहालवाल सईसहित १० पक्राउ



काठमाडौं । बँदेल मार्न गएका नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका(१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बँदेल मारेर एक किलोमिटर पर ट्याक्टरमा राखिएको अवस्थामा उनीहरु पक्राउ गरेका हुन् । स्कार्पियो गाडीमा रहेका उनीहरुलाई प्रहरीले हतियारसहित फेला पारेको थियो । बँदेल मारेर लोड गरिराखिएको ट्याक्टर कसको हो भन्ने खुल्न नसकेको बताइएको छ ।