प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित



काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णायार्थ प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले उक्त विधेक बहुमतले पारित भएको घोषणा गरे ।


बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १८ वर्षसम्म संक्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्याउन सकिएको थिएन । ऐनको अभावमा पीडितहरुले न्याय पाएका थिएनन् । प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ । राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइ राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक ऐनको रुपमा लागू हुनेछ ।