पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं ।

काठमाडौँ । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालत पुगेको छ । 


विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्के रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन पीडित बनाउने गरी विधेयक अगाडि बढाइएको भन्दै उनी सर्वोच्च पुगेका हुन् ।

विवादित विषयमा सहमति जुटाएर उक्त विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित गरिएको छ । सो विधेयक आज (मंगलबार) प्रतिनिधि सभामा पेश गर्ने तयारी रहेको छ ।

विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत रहेको रिट निवेदकको दाबी छ । उक्त रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।