तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ ।