चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय



काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ । सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले बताए ।

घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलको सिसिटिभी फुटेज अनुसार एकजना युवकले झोलामा लगेर कुकर राखेको देखिन्छ ।


चोरी गर्नेहरूले कुकर राखेर हिँडेको पनि हुनसक्ने डीएसपी सुवेदीले बताए । उनले भने, ‘हामी अनुसन्धान गर्दै छौं ।’