एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । 


यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले  सचिवालय बैठकको एजेन्डा तय गरेको थियो । पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको सो बैठकमा तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।