आज कोशी र कर्णालीमा सार्वजनिक बिदा



काठमाडौं । कोशी र कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको हो भने कर्णाली प्रदेशले भने नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


त्यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको सूचना जारी गरेको छ ।